Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्री बनाउने कुरामा दुई अध्यक्षबीच अझै सहमति भएन

मन्त्री बनाउने कुरामा दुई अध्यक्षबीच अझै सहमति भएन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७७ मंगलवार • ११:५७:०३ बजे
  • 1.2K
    SHARES
  • मन्त्री बनाउने कुरामा दुई अध्यक्षबीच अझै सहमति भएन
    स्थायी कमिटिको बैठक पछि एकाएक पचण्ड सहितका नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा मागे पछि शुरु भएको विवाद भदौ अन्तिममा आएर मन्त्रीपरिषद हेरफेर र पार्टी एकतालाई पूर्णता दिने बिषयमा सहमति भए पनि कार्यन्वयन अझै जटिल बनेको छ ।
    खास गरी मन्त्रीपरिषद् हेरफेर गर्न सहमति भए पनि क कसलाई मन्त्री बनाउने कुरामा दुई अध्यक्षबीच अझै सहमति नभएको स्रोतले बताएको छ । आधा दर्जन भन्दा बढी मन्त्री फेरीने भए पनि पूर्व एमाले र पूर्व माओवादी समुहका नाममा मन्त्रीको संख्यामै विवाद रहेको उच्च सोतको दाबी छ ।
    यस्तै मन्त्रीको भाग वण्डा मिलाउन तीन वटा मन्त्रालय टुंग्याएर मन्त्रालयको संख्या २४ पुर्याउने अनौपचारीक सहमति दुई नेताले गरे पनि व्यक्तिका बारेमा समेत अझै सहमति हुन नसकेको स्रोतको भनाई छ ।
    पचण्ड वामदेव गौतमलाई अर्थमन्त्री र नारायणकाजी श्रेष्ठलाई समेत मन्त्री बनाउने पक्षमा रहेको बुझिएको छ भने ओली गौतमलाई अर्थमन्त्री नदिने अडानमा रहेको बताईन्छ । त्यसो त सर्वोच्चको फैसलाका कारण गौतम तत्काल मन्त्री बन्ने संभावना भने कम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology