Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको निर्णय

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८० बुधवार • १४:५१:३३ बजे
  • 880
    SHARES
  • गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको निर्णय

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

    images

    साथै, गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने समेत निर्णय गरेको छ । बैठकपछि एमालेका एक नेताले अवैध सुन बरामद प्रकरण्मा गृहमन्त्रीको राजीनामा माग्ने निर्णय भएको बताएका हुन् ।

    ‘सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ’ ती नेताले भने, ‘सकेसम्म नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ ।

    यस्तै, एमाले नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैधरुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक–पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुुपर्ने बताए ।

    बैठकपछि उनले भने, ‘कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको छ ।’ गृहमन्त्रीको जवाफ कस्तो आउँछ त्यस आधारमा एमालेले थप कदम चाल्ने उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology