Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘होली वाइन’सम्बन्धि कार्यक्रममा ओली कम्बोडिया गएको खुलासा

‘होली वाइन’सम्बन्धि कार्यक्रममा ओली कम्बोडिया गएको खुलासा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८० बुधवार • १४:५३:४४ बजे
  • 406
    SHARES
  • ‘होली वाइन’सम्बन्धि कार्यक्रममा ओली कम्बोडिया गएको खुलासा

    विश्व शान्तिको नाममा धर्म प्रचारमा संलन विवादित संस्था यूनिभर्सल पिस फेडरेसनको कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली गत साता कम्बोडिया गएको खुलेको छ । त्यहाँको चुनावको पर्यवेक्षणका लागि भनेर गएको भनेर प्रचार गरिएको थियो ।

    images

    खासमा सो संस्था विभिन्न देशका नेतालाई बोलाएर एक गोष्ठि आयोजना गरेको थियो ।

    सोही कार्यक्रममा जाने क्रममा उनी चुनावको एउटा बुथमा समेत पुगेको खुलेको छ । ओलीले संस्थाको कार्यक्रमलाई सम्बोधन समेत गरेका थिए । विवादास्पद नेता एकनाथ ढकालले ओलीलाई कम्बोडिया लिएर गएका हुन् ।

    होली वाइनका नामले नेपालमा बदनाम रहेको संस्थाकै खर्चमा ओली त्यहाँ पुगेको स्रोत बताउँछ । यही सम्बन्धका कारण ओलीले परिवार दलका नेता एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएको समेत आरोप पार्टीभित्रै लाग्दै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology