Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नाइजरमा सैनिक कू, देशका सबै सीमाना बन्द

नाइजरमा सैनिक कू, देशका सबै सीमाना बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८० बिहिवार • १०:३८:०१ बजे
  • 451
    SHARES
  • नाइजरमा सैनिक कू, देशका सबै सीमाना बन्द

    एजेन्सी । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकको एक समूहले सत्ता कब्जा गरेको छ । सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रपति मोहमेद बजुमलाई कब्जामा लिएर त्यहाँको संविधान विघटन भएको घोषणा गरेका हुन् ।

    images

    राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन् ।

    उनले आफ्नो सम्बोधनमा बाजुमले कुनै प्रकारको हस्तक्षेप नगर्न सबै अन्तर्राष्ट्रिय साझेदारलाई आग्रह गरेका थिए । सेनाले बुधबार बिहानै राष्ट्रपति मोहमेद बजुमलाई उनको निवासभित्रै आफ्नो नियन्त्रणमा लिएको थियो ।

    यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अपदस्थ राष्ट्रपति बजुमसँग टेलिफोन वार्ता गरेको जनाइएको छ ।

    अमेरिकी विदेशमन्त्री ब्लिन्कनले बजुमलाई उनीप्रति वासिङ्गटनको समर्थन रहेको सन्देश दिएका थिए भने महासचिव गुटेरेसले पनि उनीप्रति राष्ट्रसंघको पूर्ण समर्थन रहेको बताएका थिए ।

    अपदस्थ राष्ट्रपति बजुम इस्लामिक जिहादीविरुद्धको लडाईमा पश्चिमा देशका एक प्रमुख सहयोगीका रुपमा रहँदै आएका थिए । नाइजर सब सहारन क्षेत्रबाट हुने अवैध आप्रवासन विरुद्धको लडाईमा युरोपेली संघको एक मुख्य सहयोगी राष्ट्रसमेत हो ।

  • सम्बन्धित विषय:

  • # देशका सबै सीमाना बन्द
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology