Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८० बिहिवार • १८:४५:४५ बजे
  • 1.2K
    SHARES
  • मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

    मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो ।

    images

    अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ । यसअघि सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरे पनि कानुन नबन्दा आयोगलाई काम गर्न समस्या भएको थियो ।

    राष्ट्रियसभाका अघिल्ला बैठकमा नै यो विधेयक पारित हुनुपर्ने भए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केही कानुनी विषयको अध्ययन गर्ने भन्दै निर्णयार्थ पेस गरेका थिएन ।

    मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी सरकारले गएको वैशाख २० गते अध्यादेश ल्याएको थियो । प्रतिनिधिसभामा निर्णयार्थ पेस हुने दिन नै नेकपा एमालेका सांसदले बैठकमा अवरोध गरेपछि फेरि नयाँ प्रक्रियाबाट विधेयक पेस हुँदै पारित भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology