Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८० बिहिवार • १८:४७:२६ बजे
  • 559
    SHARES
  • ७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखसहितको समर्थनमा बनेको सरकारलाई असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले बिहीबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ती बदर गर्न आदेश दिएको हो ।

    images

    मुख्यमन्त्री थापाको नियुक्ति बदर गरेसँगै सर्वोच्चले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ ।

    सो बमोजिम नभए अर्को उपधारामा जान समेत सर्वोच्चको आदेशमा भनिएको छ । सर्वोच्चको आदेशअनुसार अब संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ ।

    ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ । यदि कुनैपनि दलले बहुमत जुटाउन नसकेको खण्डमा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्चको आदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology