Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

इटालीबाट काठमाडौं फर्किए प्रधानमन्त्री

इटालीबाट काठमाडौं फर्किए प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०८० शुक्रवार • १०:४३:४९ बजे
  • 1.0K
    SHARES
  • इटालीबाट काठमाडौं फर्किए प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।

    images

    संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटालीको रोम पुगेका प्रधानमन्त्री प्रचण्ड केहि बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्रीले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए ।

    सो क्रममा प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिचमा भेटबार्तासमेत भएको थियो ।

  • सम्बन्धित विषय:

  • # फर्किए प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology