Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

फोहोर सङ्कलन गर्ने महिलाले २५० रुपैयाँमा चिट्ठा किनेर जिते १० करोड

फोहोर सङ्कलन गर्ने महिलाले २५० रुपैयाँमा चिट्ठा किनेर जिते १० करोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०८० शनिवार • ११:५५:०३ बजे
  • 1.5K
    SHARES
  • फोहोर सङ्कलन गर्ने महिलाले २५० रुपैयाँमा चिट्ठा किनेर जिते १० करोड

    भारतको केरलाको नगर निगममा कार्यरत ११ महिलाले हालै १० करोडको चिट्ठा जितेका छन् । यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए ।

    images

    चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् । यी महिलाहरू ग्रिन केरला मिसन अन्तर्गत सञ्चालित सरसफाइ अभियानको हिस्सा हुन् र उनीहरूले घरबाट फोहोर सङ्कलन गरेर पुनः प्रयोग गर्ने काम गर्छन् । यो चिट्ठा बुधवार सार्वजनिक गरिएको हो ।

    चिट्ठा जितेकी राधाले भनिन्, ‘ हामीले पैसा जम्मा गरेर चिट्ठाको टिकट किनेका थियौँ । एक अर्कासँग पैसा माग्यौँ । यसअघि पनि धेरै पटक टिकट किनेका थियौँ तर यति ठुलो रकम जितेको यो पहिलो पटक हो । पत्याउनै सकिनँ ।’ समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै चिट्ठा जितेकी शिजाले भनिन्, ‘जोसँग ऋण लिएका थियौँ त्यो तिर्नेछौँ ।

    छोरीहरूको बिहे गर्नु छ । कोही नजिकका आफन्तको उपचार गर्नु छ ।’ चिट्ठा जितेका महिलाहरू निकै मेहनती र परिवारको एक मात्र आम्दानीको स्रोत भएको शिजाले बताइन् ।

    एउटी महिलाले भनिन्, ‘यो पैसा के गर्ने, त्यो थाहा छैन । हरेक महिलाको जीवनमा आफ्नै चुनौती छ । हामी जे काम गरिरहेका थियौँ, त्यसैले घर चलिरहेको थियो । हामी यो काम छोड्दैनौँ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology