Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारको अभियानबाट युवामा आशा पलाएको छ : गृहमन्त्री

सरकारको अभियानबाट युवामा आशा पलाएको छ : गृहमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०८० शनिवार • १२:५९:२० बजे
  • 814
    SHARES
  • सरकारको अभियानबाट युवामा आशा पलाएको छ : गृहमन्त्री

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् ।

    images

    शहीद पार्क जगडोलमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सरकारको भ्रष्टाचार विरोधी अभियानले आम जनता र युवाहरुमा अब देशमा केही हुन्छ भन्ने आशा पैदा भएको पनि दाबी गरेका छन् । गृहमन्त्री श्रेष्ठले कसैप्रति कृपा गर्नका लागि सरकारले भ्रष्टाचार,व्यथिती र ठगीविरुद्धको अभियान नरोक्ने प्रष्ट पारे ।

    ‘जो(जो दोषी वा अपराधी छन्, तिनलाई कारबाही गरिन्छ नै,’ उनले भने । सरकारले कुनैपनि निर्दोषलाई नफसाउने पनि उनले बताए । ‘सरकारको यो अभियानले युवाहरुमा अब देशमै केही हुन्छ भन्ने आशा पलाएको छ । कता कता यसले क कसलाई तान्ने हो भनेर विभिन्न त्यान्द्रो जोडिएकाहरुबाट सचेत हुनुपर्छ ।

    सरकारको यो अभियानलाई रोक्न त्यो कृपा कसैप्रति हामी गर्न सक्दैनौं । जुनसुकै पार्टी,घराना,नाता सबन्ध,साथी सँगी होस कसैसँग सरकारलाई मतलब छैन । जो अनुसन्धानको दोषी देखिन्ख्छ कानूनको दायरमा ल्याइनेछ ।’

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology