Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशमा एमालेबाहेक अर्को बिकल्प छैन: ओली

देशमा एमालेबाहेक अर्को बिकल्प छैन: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०८० शनिवार • १८:२१:५९ बजे
  • 736
    SHARES
  • देशमा एमालेबाहेक अर्को बिकल्प छैन: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै बिकल्प नरहेको बताएका छन् ।

    images

    शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको दावी गर्दै मुलुकमा अर्को कुनै बिकल्प नरहेको बताएका हुन् ।

    अध्यक्ष ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको धारण राखे । एमाले मिसन ८४ मा केन्द्रीत रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै पार्टी बहुमत आउने गरि तयारी गर्न निर्देशन दिए ।

    उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएपनि एमालेको नीतिहरुसँग सहमत हुने, बिकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरुलाई सँगै लिएर अघि बढ्ने जिकिर गरे ।

    ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सकृय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

  • सम्बन्धित विषय:

  • # देशमा एमालेबाहेक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology