Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्रष्टाचारका अरु पनि फाइल खुल्दै जानेछन् : प्रधानमन्त्री

भ्रष्टाचारका अरु पनि फाइल खुल्दै जानेछन् : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०८० आइतवार • १७:४२:०४ बजे
  • 1.3K
    SHARES
  • भ्रष्टाचारका अरु पनि फाइल खुल्दै जानेछन् : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् ।

    images

    आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी र तस्करीविरुद्धको अभियानले जेहाद छेडेरै छाड्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ ।

    यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन । निरन्तर अगाडि बढनेवाला छ ।’ नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि पनि भ्रष्टाचारविरुद्धको लडाई जित्नैपर्ने उनले बताए ।

    प्रधानमन्त्री प्रचण्डले अहिलेको यो अभियान कुनै आवेग र राजनीतिक स्टण्टका लागि नभएको समेत प्रष्ट पारे । लाखौँ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आउने दिनमा अरु पनि भ्रष्टाचारका फाइल खुल्दै जाने बताए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology