Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन सरकारको ध्यानाकर्षण

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन सरकारको ध्यानाकर्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०८० आइतवार • १७:४४:४५ बजे
  • 694
    SHARES
  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभाको संसदीय लेखा समितिले सुन तस्करी प्रकरणमा तत्काल उच्चस्तरीय छानविन समिति गठन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    images

    सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले हालै भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन प्रकरणका बिषयमा छानविन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यनाकर्षण गराउने निर्णय गरेको हो ।

    समितिका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा गैरकानुनी रुपमा भित्रिएको सुनको छानबिन गर्न/गराउन उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी दिए । उनले सुन प्रकरणका बिषयमा सदनमा विरोध भइरहेको अवस्थामा यसमा मातहतका मन्त्रीहरुले जवाफ दिने वातावरण बनाउनुपर्ने धारणा राखे । बैठकमा समिति सदस्यहरुले सुन तस्करीमा उच्चस्तरीय छानविन समिति गर्नुपर्ने माग गरेका थिए ।

    समिति सदस्य योगेश भट्टराईले सुन तस्कारी प्रकरणमा नियमित छानविन समिति गठन गरेर निष्कर्ष निस्कन नसक्ने भन्दै स्वतन्त्र रुपमा छानविन गर्ने गरि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताए ।

    त्यस्तै, समिति सदस्य रामकृष्ण यादवले सुन प्रकरणमा मुलुकको बदनाम भएको भन्दै समितिले अर्थमन्त्री र गृहमन्त्रीलाई बोलाएर स्पष्टिकरण लिनुपर्ने बताए । त्यस्तै, समिति सदस्यहरुले सुन तस्करीको घटनाले नेपाल तस्कर र बिचौलियाहरूको लागि ट्रान्जीट प्वाइन्ट देखिएकाले सरकारले गम्भीर भएर छानविन गर्नुपर्ने धारणा राखेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology