मंगलबार नेपाल कम्युनिष्ट पार्टी मंगला गाउँपालिका कमिटीको बैठक आज बाबियाचौरमा सम्पन्न भएको छ।
नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य भुपेन्द्र थापाको प्रमुख आतिथ्यता गाउॅपालिका कमिटीका अध्यक्ष प्रेम प्रकाश रेग्मी,सचिब याम रोकाले संचालन गरेको बैठकमा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य नवराज शर्मा,जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ प्रदेश कमिटी सदस्यहरु टेक बिक,मुना बाॅनिया जिल्ला कार्यलय सदस्यहरु रेशम जुग्जाली बालकृष्ण सुबेदी लगाएतको उपस्थिति रहेको थियो।
बैठकले पछिल्लो बिकसित स्थानिय राजनितिक बिकासक्रम लाई ध्यान दिदै स्थानिय पार्टी कमिटीहरुलाइ चुस्त दुरुस्त बनाउने असोज मसान्त भित्र टोल कमिटीहरु निर्माण गर्ने,कार्तिक मसान्त सम्म पार्टी सदस्यता नविकरण गरि सक्ने निर्णय समेत गरेको छ।
यसै बिच बैठक पश्चात आयोजित एक कार्यक्रममा नेपाली काॅग्रेस परित्याग गरी २२ जना स्थानिय नेता कार्यकर्ता नेकपा प्रबेश गरेका छन । मंगला गाॅउपालिका अन्तरगत अर्मन,कुॅहु बंरजा लगाएतका क्षेत्रबाट स्थानिय सिजन पुनको नेतृत्वमा काॅग्रेस छाडी नेकपा प्रबेश गरेका हुन ।नब प्रबेसीहरुलाई पार्टी केन्द्रिय सदस्य भुपेन्द्र थापा लगाएतका नेताहरुले स्वागत गर्दै पार्टी प्रतिको बिश्वास कहिले टुट्न नदिने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ।