Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतका राजा सवा अल अहमद अल जावेर अल सवाको निधन

कुवेतका राजा सवा अल अहमद अल जावेर अल सवाको निधन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन १३, २०७७ मंगलवार • २२:१८:१६ बजे
  • 2.9K
    SHARES
  • कुवेतका  राजा सवा अल अहमद अल जावेर अल सवाको निधन


    कुवेतका राजा सवा अल अहमद अल जावेर अल सवाको निधन भएको छ । ९१ वर्षीय राजा सवा अल अहमद अल जाबेर अल सवाको अमेरिकास्थित अस्पतालमा निधन भएको हो । 

    शेख सवालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ । उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री भएका थिए । त्यसपछि उनी प्रधानमन्त्री भए ।  सन् २००६ मा उनी कुवेतका अमिर (राजा) बनेका थिए ।

    सवा अल अहमद अल जबर अल सवाह जीसीबी कुवेतको अमीर र कुवेत सैन्य बलको कमान्डर हो । उनले २ जनवरी २००० मा राजाको शपथ लिएका थिए । उनी शेख अहमद अल जाबेर अल सवाका चौथो छोरा हुन् ।

    २०१९ अगष्टमा बिरामी परेका उनलाई जुलाई २०२० मा उनलाई एक शल्यक्रियालगत्तै अमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्‍याइएको थियो । तर, के बिरामी भन्ने खुलाइएको थिएन।

    उनी नहुँदा उनका सौतेनी भाइ ८३ वर्षीय युवराज नवाफ अल अहमद अल सबाले सत्ता सम्हालेका थिए । एजेन्सी

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology