Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायिका टेलरको कन्सर्टले ल्यायो २.३ रेक्टर स्केलको ‘भूकम्प’

गायिका टेलरको कन्सर्टले ल्यायो २.३ रेक्टर स्केलको ‘भूकम्प’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८० मंगलवार • १०:२८:४३ बजे
  • 1.3K
    SHARES
  • गायिका टेलरको कन्सर्टले ल्यायो २.३ रेक्टर स्केलको ‘भूकम्प’

    अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ‘भूकम्प’ ल्याएको छ । टेलरले २२ र २३ जुलाईमा सिएटलमा कन्सर्ट गर्दा उक्त क्षेत्रमा २.३ रेक्टर स्केलको भूकम्पमापन गरिएको बिबिसीले जनाएको छ ।

    images

    उक्त कम्पन फ्यान वा ध्वनि प्रणालीका कारण भएको भूकम्पविद् ज्याकी क्याप्लान–अउरबाचले बताए । दुई रात भएको उक्त कन्सर्टमा करिब १ लाख ४४ हजार दर्शक सहभागी थिए ।

    यस शोले सन् २०११ मा सिएटल सहरमा भएको रेकर्ड तोडेको छ । सन् २०११ मा न्यु अर्लिस सेन्ट्सविरूद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले उक्त कम्पन पैदा गरेका थिए ।

    पश्चिमी वासिङ्टन विश्वविद्यालयका भूविज्ञान प्राध्यापक क्याप्लान–अउरबाचका अनुसार टेलरको कन्सर्ट र फुटबल खेलबीच कम्पनको भिन्नता ०.३ रेक्टर स्केल मात्र रहेको छ । तर टेलरको कन्सर्टको कम्पन दुई गुणा बलियो र पहिलेभन्दा दोब्बर रहेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology