Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राप्रपा कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति

राप्रपा कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८० मंगलवार • १०:४६:०७ बजे
  • 1.4K
    SHARES
  • राप्रपा कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति भएको छ।

    images

    धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर २१ दिनभित्र खाली गर्ने राप्रपा र काठमाडौं महानगरपालिकाबीच सहमति भएको हो।

    बिजुलीको हाइटेन्सन लाइनमुनि उक्त घर बनेकोले जोखिम हुने भन्दै काठमाडौं महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खाली गर्न भनेको थियो। तर राप्रपाले घर खाली नगराएपछि महानगरले सोमबार उक्त भवनमा डोजर लगाउने तयारी थियो।

    राप्रपाका नेता तथा कार्यकर्ताले सोमबार कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्साएर विरोधसमेत गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपा र महानगरसँग गरेको छलफलका क्रममा २१ दिनभित्र उक्त भवन राप्रपाले उक्त खाली गर्ने सहमति जुटेको हो ।

    राप्रपाले कार्यालय खाली गर्न कानुन अनुसार ३५ दिनको म्याद मागेको थियो ।

  • सम्बन्धित विषय:

  • # राप्रपा कार्यालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology