Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ तोलाको १ लाख १३ हजार पुग्यो

सुनको भाउ तोलाको १ लाख १३ हजार पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८० मंगलवार • १३:२२:०५ बजे
  • 733
    SHARES
  • सुनको भाउ तोलाको १ लाख १३ हजार पुग्यो

    नेपाली बजारमा आज (मंगलबार) पहेँलो धातु सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला ४ रुपैयाँले बढेको छ ।

    images

    आज छापावाल सुनको भाउ प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुन एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन एक लाख १२ हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, १४ सय ५० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको महासंघले जनाएको छ । सोमबार १४ सय ५० रुपैयाँ तोलामा खरिद बिक्री भएको चाँदीको भाउ आज १४ सय ७५ रुपैयाँ तोकिएको महासंघले जाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology