Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रिहा गर्न माग गर्दै उच्च अदालत पुगे बालकृष्ण र टोपबहादुर

रिहा गर्न माग गर्दै उच्च अदालत पुगे बालकृष्ण र टोपबहादुर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८० मंगलवार • १४:३६:५७ बजे
  • 790
    SHARES
  • रिहा गर्न माग गर्दै उच्च अदालत पुगे बालकृष्ण र टोपबहादुर

    नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन् ।

    images

    आफूहरुलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गलत भएको भन्दै टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, आङटावा शेर्पा, केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु पाटन अदालत पुगेका हुन् ।

    उनीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

    उनका अनुसार उनीहरुले रिटमा आफुहरुलाई साधारण तारेखमा रिहा गर्न माग गरेका छन् । जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ ।

    यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # बालकृष्ण र टोपबहादुर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology