Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८० मंगलवार • १८:०४:०३ बजे
  • 1.2K
    SHARES
  • कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

    कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

    images

    सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो । त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेका थियो ।

    सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण आफूले सभामुख पद त्याग्ने निर्णय गरेको गौतमले बताएका छन् ।

    काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन् । अब उनी नेकपा ९माअ‍ोवादी केन्द्र०को संसदीय दलको सदस्य भएका छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादीं र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने र थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # गौतमले दिए राजीनामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology