Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोकुललाई फेरि मन्त्री बनाउँछु : प्रधानमन्त्री ओली

गोकुललाई फेरि मन्त्री बनाउँछु : प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७७ बुधवार • ०८:३५:४४ बजे
  • 2.9K
    SHARES
  • गोकुललाई फेरि मन्त्री बनाउँछु : प्रधानमन्त्री ओली

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका सुरुवाती सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा फेरि मन्त्री बन्ने भएका छन् । उनीविरुद्धको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी राखे पनि प्रधानमन्त्री ओलीले उनलाई फेरि मन्त्री बनाउने तयारी गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले आफू निकट नेता र मन्त्रीहरुसँग निवर्तमानमन्त्री बाँस्कोटालाई फेरि मन्त्री बनाउनु पर्नेमा जोड दिन थालेका छन् । एक मन्त्रीसँग ओलीले भने, 'मैले धेरै जोड गरेर अख्तियारमा ल्याएँ । तर, नवीन घिमिरेले त्यो कुरा टुंगो लगाएर जाउँ भनेको मानेनन्, धोका दिए । अब मैले उनलाई मन्त्री बनाउँछु । अख्तियारले निर्णय गर्दैगर्छ ।'

    images

    ओलीले अहिलेको चरणमै मन्त्री बनाउने चाहना राखेका छन् । उनी निकटहरुले भने अख्तियारमा रहेको ७० करोड कमिसनको बार्गेनिङ काण्ड टुंगो लागेपछि मन्त्री बनाउन सुझाव दिएका छन् । बाँस्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए ।

    सरकारले राम्रो काम गरे पनि अहिलेका मन्त्रीहरुले प्रचार नगरेको भन्दै ओली असन्तुष्ट छन् । ती मन्त्री भन्छन्, 'प्रधानमन्त्रीज्यूलाई सरकारले धेरै नै राम्रो काम गर्दा पनि प्रचार नभएको भन्ने लागेको छ । सबैले आआफ्नो मन्त्रालयको काम गरिरहेका छौँ । हामीले केही नगरेको जस्तो पो गर्नुहुन्छ ।'

    ओलीले विपक्षीलाई कडा जवाफ दिने बाँस्कोटामात्रै भएको बताउँछन् । उनी भन्छन्, 'गोकुलले मात्र विपक्षीलाई कडा जवाफ दिनसक्छ । सरकारले इतिहासमै सफल काम गर्दा पनि अन्य मन्त्रीहरुले प्रचार गर्न सकेनन् । विपक्षीलाई पनि जवाफ दिन सकेनन् । त्यसैले जे भए पनि यसै पटक बाँस्कोटालाई मन्त्री बनाउनुपर्छ ।' 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology