Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको भाउ

भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको भाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८० मंगलवार • १८:१७:३३ बजे
  • 1.5K
    SHARES
  • भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको भाउ

    भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ ।

    images

    नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।

    आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँ घटेर आएको छ ।

    नेपालमा पनि ग्यासको मूल्य घट्नेछ । केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकाले भारतबाट आउने प्रशोधित तेलको मूल्य समेत बढेको जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology