Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीको कार्यकर्ता साढे सात लाख !

माओवादीको कार्यकर्ता साढे सात लाख !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८० बुधवार • १७:१३:१२ बजे
  • 826
    SHARES
  • माओवादीको कार्यकर्ता साढे सात लाख !

    नेकपा माओवादी केन्द्रले देश र विदेशमा गरी आफ्ना साढे सात लाख कार्यकर्ता रहेको जनाएको छ ।

    images

    बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरेका छन् ।

    बुधबारदेखि सुरू भएको पार्टीको केन्दी्रय समति बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सबैभन्दा धेरै माओवादी कार्यकर्ता बागमती प्रदेशमा छन् ।

    बागमतीमा १ लाख ४७ हजार ५५३ माओवादी कार्यकर्ता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, मधेश प्रदेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता छन् ।

    अध्यक्ष प्रचण्डले सबै जातीय मोर्चाले आफ्नो समुदायको जनसंख्या कम्तीमा १० प्रतिशतलाई संगठित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादीको कार्यकर्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology