Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीले विचार मिल्नेसँग एकता गर्ने

माओवादीले विचार मिल्नेसँग एकता गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८० बुधवार • १८:१२:४२ बजे
  • 1.3K
    SHARES
  • माओवादीले विचार मिल्नेसँग एकता गर्ने

    नेकपा माओवादी केन्द्रले आगामी भदौदेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।

    images

    बुधबार सुरु पार्र्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी गराएका गराएका हुन् । उनले भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने बताएका हुन् ।

    अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने उल्लेख छ ।

    उक्त अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने माओवादीको योजना रहेको छ । 

    उक्त समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्याभन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology