Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्यानडाका प्रधानमन्त्रीले १८ वर्षे बैवाहिक सम्बन्ध टुंग्याए

क्यानडाका प्रधानमन्त्रीले १८ वर्षे बैवाहिक सम्बन्ध टुंग्याए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०८० बिहिवार • ११:१९:२५ बजे
  • 1.3K
    SHARES
  • क्यानडाका प्रधानमन्त्रीले १८ वर्षे बैवाहिक सम्बन्ध टुंग्याए

    एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो १८ वर्षे बैवाहिक सम्बन्ध टुंग्याएका छन् ।

    images

    सन् २००५ मा विवाह गरेका उनले श्रीमती सोफीसँग हालै सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरुले आफुहरुले सम्बन्धविच्छेद गरेको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् ।

    प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘धेरै छलफलपछि हामीले एक अर्काको साथ छाड्ने निर्णय गरेका छौं । हामी सधैं परिवार नै रहनेछौं । हामीले एकअर्काको माया र सम्मानका लागि जे गरेका छौं, त्यो गरिरहनेछौं।’

    प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफिएलले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन् । उनीहरुको तीन सन्तान छन् । ट्रुडोले आफूहरुको र बच्चाहरुको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोधसमेत गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology