Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अदालतले हिरासतमा राख्न नपर्ने भनेपछि छुटिन् भगवती पाण्डे

अदालतले हिरासतमा राख्न नपर्ने भनेपछि छुटिन् भगवती पाण्डे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०८० बिहिवार • ११:५६:३५ बजे
  • 862
    SHARES
  • अदालतले हिरासतमा राख्न नपर्ने भनेपछि छुटिन् भगवती पाण्डे

    जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी भगवती पाण्डे शीतललाई प्रहरीले छाडेको छ । काठमाडौं जिल्ला अदालतले अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न नपर्ने भनेपछि प्रहरीले हिजो राति नै पाण्डेलाई छाडेको हो ।

    images

    प्रहरीले पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेपछि छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुंगेलले जानकारी दिए । एसपी ढुंगेलका अनुसार पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा चल्नेछ ।

    अब उनले हिरासत बाहिरै बसेर मुद्दा लड्नेछिन् । पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

    त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि साउन १२ गते जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। त्यसपछि फरार रहेका उनी बुधबार पक्राउ परेका थिए ।

  • सम्बन्धित विषय:

  • # भगवती–पाण्डे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology