Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतले नेपालमा चामल निर्यात रोक नलगाउने

भारतले नेपालमा चामल निर्यात रोक नलगाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०८० बिहिवार • १७:५१:२२ बजे
  • 682
    SHARES
  • भारतले नेपालमा चामल निर्यात रोक नलगाउने

    भारतले चामल निर्यातमा रोक लगाएको बारे कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले चासो व्यक्त गरेका छन् । यसअघि जस्तै भारतले चामल निर्यातलाई सहज सहज बनाउनुपर्ने उनले बताए ।

    images

    काठमाडौं सिंहदरबारस्थित मन्त्रालयमा आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्दै कृषिमन्त्री भुसालले चासो व्यक्त गरेका हुन् । जवाफमा भारतीय राजदूत श्रीवास्तवले चामल विदेश निर्यातमा रोक लगाएको निर्णय भारतले गरे पनि सो निर्णय नेपालको हकमा लागू नहुने जानकारी गराए ।

    ‘विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागू हुँदैन । यसअघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको भएपनि नेपाललाई असर नगरेको र गत वर्ष पनि ३ लाख ५० हजार मेट्रिकटन गहुँ उपलब्ध गराएको थियो । अहिले पनि भारतले नेपाललाई आवश्यक चामल उपलब्ध गराउँन तयार रहेको छ’ भारतीय राजदूत श्रीवास्तवले कृषि मन्त्री भुसालसँग भने ।

    भारतले विदेशमा चामल निर्यातमा रोक लगाउँने निर्णय सार्वजनिक भएपछि नेपालमा चामलको भाउ बढेको बताउँदै मन्त्री भुसालले यसलाई सहज बनाउँन पहल गरिदिन राजदूत श्रीवास्तवसँग छलफल गरेका हुन् ।

    यस्तै हालै भारत भ्रमणमा गएका मन्त्री भुसालले सो क्रममा भएको सहमति कार्यान्वयनको बारेमा समेत छलफल गरेका छन् । भ्रमणका क्रममा भारतले नेपालको सीमावर्ती क्षेत्रमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउँने सहमति भएको थियो । भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतका कृषि मन्त्रीका बीचमा भएको सहमतिहरू कार्यान्वयन हुने जवाफ दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology