एजेन्सी । लागूऔषध तस्करीको आरोपमा सिंगापुरमा एक ३९ वर्षीय पुरुषलाई फाँसी दिइएको छ ।
यो सजायसँगै सिंगापुरमा १० दिनभित्र तीन जनालाई फाँसी दिइएको अधिकारीहरूले जानकारी दिएका छन् । २०१९ मा मृत्युदण्डको सजाय सुनाइएका युवा मोहम्मद सल्लेह अदुल लतिफलाई बिहिबार फाँसी दिईएको हो ।
सिएनबीले एक विज्ञप्ति जारी गर्दै दोषीलाई बिहीबार सजाय सुनाएको जानकारी दिएको छ । यसअघि गत शुक्रबार लागुऔषध ओसारपसार गरेको अभियोगमा ४५ वर्षीया महिलालाई फाँसी दिइएको थियो ।
उनलाई फाँसी दिएको दुई दिनअघि (जुलाई २६ गत) करिब ५० ग्राम हेरोइन तस्करी गरेको आरोपमा मोहम्मद अजिज बिन हुसेन नामका ५७ वर्षीय पुरुषलाई फाँसी दिइएको थियो ।