Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सय किलो सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन

सय किलो सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०८० शुक्रवार • १३:१५:३६ बजे
  • 598
    SHARES
  • सय किलो सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले क्विन्टल सुन प्रकरणबारे बिहीबार साँझ रक्षामन्त्री, गृहमन्त्री, आईजीपी, सीआईबी प्रमुख र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग संयुक्त छलफल गरेका थिए ।

    त्यसक्रममा सुन तस्करी संगठित अपराध र अन्तरदेशीय अपराध मात्रै नभएर आतंकवादी गतिविधिमा संलग्न गिरोहको समेत संलग्नता भएको हुनसक्ने र यसको बृहत अनुसन्धान प्रहरीबाट हुँदा प्रभावकारी हुने सुझाव आएपछि सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीले विभागलाई निर्देशन दिएकाे स्रोतले जानकारी दियो ।

    साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा करिब १ सय किलो सुन बरामद भएको थियो । यस प्रकरणमा हालसम्म चिनियाँसहित १७ जना पक्राउ परेका छन् ।

    त्यस्तै काठमाडौंका विभिन्न स्थानमा छापा मारेर सुन ग्रल्ने ४ थान मेसिनसहितका सामान बरामद गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology