Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उत्तराखण्ड पहिरोमा बेपत्ताहरुको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

उत्तराखण्ड पहिरोमा बेपत्ताहरुको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०८० शुक्रवार • १९:३४:४० बजे
  • 667
    SHARES
  • उत्तराखण्ड पहिरोमा बेपत्ताहरुको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

    गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

    images

    गृहले स्थानीय हिलवाणीन्युज पोर्टलले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको बाढी पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै शुक्रबार समन्वयका लागि पत्राचार गरेको हो ।

    ‘भारतको हिमवाणी अनलाइन खबरमा केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ’ गृहले लेखेको पत्रमा भनिएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार सो घटनामा ४ जनाको शव भेटिएको छ भने बाँकी १५ जना बेपत्ता छन् । उक्त अनलाइनले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेतिर पहिरो गएको थियो ।

    उक्त पहिरोमा परी १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस रहेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology