Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई तीन वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई तीन वर्षको जेल सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०८० शनिवार • १८:५९:१७ बजे
  • 820
    SHARES
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई तीन वर्षको जेल सजाय

    तोशखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ ।

    images

    इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । इमरानको पार्टी तेहरिक–ए–इन्साफले उक्त निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ ।

    पार्र्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका ‘इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेका छन् र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ’ भनेका छन् ।

    पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले अदालतले सजाय सुनाएपछि खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # तीन वर्षको जेल सजाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology