Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रास्वपाले फिर्ता गर्‍यो विवादित एम्बुलेन्स

रास्वपाले फिर्ता गर्‍यो विवादित एम्बुलेन्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८० आइतवार • १२:३१:०९ बजे
  • 574
    SHARES
  • रास्वपाले फिर्ता गर्‍यो विवादित एम्बुलेन्स

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो ।

    images

    रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो । लामिछानेको सचिवालयले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो । तर, एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केतसमेत हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचिएपछि विवाद भएको थियो ।

    विवाद भएपछि मेडिकल कलेज भरतपुरले एम्बुलेन्स फिर्ता पठाइदिन पत्र लेखेको थियो । लामिछानेको सचिवालयका सीइओ हेमन्त बरालले भने, ‘१० वर्ष पुरानो एम्बुलेन्स चलाउन नमिल्ने रैछ । एम्बुलेन्सको नाममा दर्ता भएको गाडी अर्को कुनै पनि प्रयोजनका लागि चलाउन पाउँदैन भन्ने कुरा आयो ।

    हामीलाई सहयोग गर्ने संस्थाले फिर्ता पठाइदिन पत्र लेखेपछि हामीले फिर्ता पठाइदिएका छौं ।’ २०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप एम्बुलेन्स दिएको थियो । २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको थियो । १० वर्ष पुरानो एम्बुलेन्स नवीकरण नगर्ने व्यवस्था पनि छ। तर, लामिछानेको सचिवालयले पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०८० साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको थियो ।

    सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी प्रयोगमा ल्याइएको थियो । अहिले एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न वर्कसपमा पठाइएको बरालले बताए । बरालले भने, ‘हामीले जुन रंग परिवर्तन गरेका थियौं । त्यही रंग गर्नका लागि वर्कसप पठाइदिएका छौं ।

    त्यसपछि त्यो फिर्ता हुन्छ ।’ उनका अनुसार नयाँ एम्बुलेन्स भाडामा लिएर आजबाटै पुनः मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । ‘आजबाट ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स प्रयोग भएको छैन । ना ५ च १८१२ नम्बरको एम्बुलेन्स भाडामा लिएर हामीले मोबाइल क्लिनिकको सेवा आजैबाट सुरु गरिसकेका छौं,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # विवादित एम्बुलेन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology