Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८० आइतवार • १५:३१:१५ बजे
  • 595
    SHARES
  • प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा

    परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सेप्टेम्बरमा हुने बताएका छन् । उनले प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी भइरहेको बताएका हुन् ।

    images

    छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको उनको भनाइ छ ।

    कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताए ।

    परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको बताउँदै उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको र वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको उनले बताए ।

    सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यलयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताउँदै उनले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology