Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अनुदानको मल बढी मूल्यमा बिक्री

अनुदानको मल बढी मूल्यमा बिक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०८० सोमवार • १०:२३:३६ बजे
  • 790
    SHARES
  • अनुदानको मल बढी मूल्यमा बिक्री

    सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।

    images

    अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुगमन गरेकोमा प्रतिकिलो १० देखि १५ सम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    पोखरा महानगरका उपप्रमञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, महानगर कृषि महाशाखा प्रमुख कडरियासहितको टोली अनुगमनमा गएको थियो । अनुगमनका क्रममा पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह कृषि सुलभ पसलले रु २१ को युरिया रु ३५ र ५० को डिएपी रु ६५ मा बिक्री गरेको पाइएको महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

    मल बिक्री वितरण गर्ने अनुमतिसमेत नपाएको सो पसलले उपभोक्ता सहकारी सङ्घबाट मल ल्याएर बढी मूल्यमा बिक्री गरेको भेटिएको बताउँदै उनले आज २ बजे जिल्ला प्रशासन कार्यालयमा बोलाइएको र बाँकी २५ बोरा युरिया, छ बोरा डिएपी र पाँच बोरा पोटास बिक्री वितरणमा रोक लगाइएको जानकारी दिए ।

    स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रमा किसानको परिचय खुल्ने गरी बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना नगरिएकाले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बोलाइएको महानगरपालिकाले जनाएको छ । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो ।

    युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म, डिएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकेको थियो ।

  • सम्बन्धित विषय:

  • # मल बढी मूल्यमा बिक्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology