Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राप्रपा र रास्वपाले संसदीय समितिको सभापति नपाउने, कुन दललाई कति ?

राप्रपा र रास्वपाले संसदीय समितिको सभापति नपाउने, कुन दललाई कति ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०८० सोमवार • १२:५१:०२ बजे
  • 886
    SHARES
  • राप्रपा र रास्वपाले संसदीय समितिको सभापति नपाउने, कुन दललाई कति ?

    संसदीय समितिको भागबन्डा टुंगिएको छ । आइतबार साँझ बसेको प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएको हो ।

    images

    प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेसले ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३, माओवादी केन्द्रले २, नेकपा एसले १, जनता समाजवादी पार्टीले १ र जनमत पार्टीले १ समिति पाएकाे छ ।

    जसमा कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समितिको नेतृत्व गर्नेछ । एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व पाएकाे छ ।

    नेकपा माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समितिको नेतृत्व गर्ने छ । जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको नेतृत्व गर्नेछ भने नेकपा एसले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमतले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएकाे छ ।

    संसदीय समितिहरूको सभापति चयनबारे भने आज मध्यान्ह १२ बजे बस्ने सभामुखसहित सत्ता पक्ष र प्रतिपक्षीबीचको बैठकले टुंगो लगाउनेछ । प्रतिनिधिसभामा चौथो र पाँचौँ ठूलो दलका रूपमा रहेका रास्वपा र राप्रपाले भने समितिको नेतृत्व नपाउने भएको छ ।

  • सम्बन्धित विषय:

  • # कुन दललाई कति ?
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology