Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केही नेता मिलेर संसद्लाई बन्धक बनाउन पाइँदैन : रवि लामिछाने

केही नेता मिलेर संसद्लाई बन्धक बनाउन पाइँदैन : रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०८० मंगलवार • १८:००:४३ बजे
  • 616
    SHARES
  • केही नेता मिलेर संसद्लाई बन्धक बनाउन पाइँदैन : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलले यथास्थितिमा बजेट पास गर्न दिन्नौँ भन्ने तर पछि बार्गेनिङ मिलेपछि बजेट पास गरेको बताए ।

    images

    उनले भने–‘संसद् चल्ने समय भनेको कुनै अमुक दलको नेताको कुरा मिल्दा र नमिल्दा होइन, यहाँ नेपाली जनताको मुद्दामा छलफल हुनुपर्छ । संसद् चल्नुपर्छ ।

    असन्तुष्टि अभिव्यक्त गर्ने ठाउँ पनि यही हो । आफ्ना कुरा राख्ने ठाउँ पनि यही हो ।’ उनले संसदीय समितिमा भागबण्डा मिलेका कारण आज संसद् चलेको बताउँदै संसदीय समितिमा भाग नपाउँदा रास्वपा जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे । संसद् सचिवालयले अगाडि नै सदन चल्ने मिति र समय उल्लेख गरेपछि निर्धारित समयमा किन संसद् चल्दैन भन्दै प्रश्न गरे ।

    सांसद लामिछानेले भने–‘तिन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को बैठक यतिबेला सुरु हुन्छ भनेर जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा भए मिलाउने कुरा पहिले नै किन हुन सक्दैन ? हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्नुहुन्न ? सदन चल्ने बेला नै किन गरिन्छ ? प्रत्येक दिन जनताका प्रतिनिधि यो भवनमा आएर सदन कतिबेला खुल्छ भनेर बसिरहेका छन् । यो क्रियाकलापलाई रोक्न जसरी छ ।’

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology