Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लुम्बिनी समाज नेपाल कुवेतको 'लुम्बिनी मेगा म्युजिक शो २०२३' को तयारी पूरा

लुम्बिनी समाज नेपाल कुवेतको 'लुम्बिनी मेगा म्युजिक शो २०२३' को तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण २३, २०८० मंगलवार • २१:१७:४३ बजे
  • 2.0K
    SHARES
  • लुम्बिनी समाज नेपाल कुवेतको 'लुम्बिनी मेगा म्युजिक शो २०२३' को तयारी पूरा

    कुवेत - लुम्बिनी समाज नेपाल कुवेतको 'लुम्बिनी मेगा म्युजिक शो २०२३' को सम्पूर्ण तयारी पूरा भएको छ । 

    images

    लुम्बिनी समाज नेपाल कुवेतको ११ औं वार्षिकोत्सव तथा छैटौं अधिवेशनको अवसरमा ११ अगष्ट २०२३ शुक्रवारको दिन कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलमा आयोजना हुन लागेको 'लुम्बिनी मेगा म्युजिक शो २०२३' का लागि नेपालबाट चर्चित गायिका एलिना चौहान र  बहुचर्चित गायक खेम सेन्चुरी ०९ अगष्ट बुधबार बिहान १० बजे जजीरा एयरवेज मार्फत कुवेत आईपुग्ने अध्यक्ष नेत्र प्रेमी मगरले जानकारी दिएका छन । 

    नेपालबाट आमन्त्रण गरिएका अतिथि कलाकारको स्वागतका लागि कुवेतमा कार्यरत लुम्बिनीवासीहरु, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधि , बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत नेपाली दाजुभाई तथा दिदिबहिनिलाई कुवेत एयरपोर्टमा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ । साथै  कार्यक्रमका लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ - संस्थाका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी,  व्यवसायी , पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा गरिसकिएको छ  तर कुनै कारणवश निमन्त्रणा प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित हुन समेत आयोजकले अनुरोध गरेको छ । लुम्बिनी मेगा म्युजिक शो २०२३ को मुख्य प्रायोजन (Al Muzaini) अल मुजैनी एक्सचेन्ज कुवेतले गरेको छ ।

    रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरुलाई एक ढिक्का बनाउदै "सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका" भन्ने मुला नाराको साथ सन २०१३ मा स्थापना भएको सस्थाले आफ्नो ११ औं वार्षिकोत्सव तथा छैटौं अधिवेशन अतिथि चर्चित कलाकार एलिना चौहान र खेम सेन्चुरीको साथमा मनाउन लागिएको हो । कुवेत नगरीमा स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्थाले संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ । साथै गृह जिल्ला तथा ग़ैर जिल्लामा मानवीय सामाजिक कार्यमा आफ्नो क्षमता र पहुँचले भ्याएसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ । 

    कार्यक्रमको विवरण : 
    मिति : 11 August 2023(Friday)
    स्थान: Indian Central School, Jleeb
    समय : बिहान 11 बजे देखी 
    सम्पर्क : 98850735, 65539781, 60753849, 66970376, 97267041

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology