Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वर्षमान पुनद्वारा रोल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त

वर्षमान पुनद्वारा रोल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०८० बुधवार • १०:२१:२४ बजे
  • 754
    SHARES
  • वर्षमान पुनद्वारा रोल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो गृह जिल्ला रोल्पामा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएकामा दुःख व्यक्त गरेका छन् ।

    images

    पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठुलो मानवीय क्षति भएकामा मर्माहत भएको बताएका छन् । पुनले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतक परिवारमा समवेदना व्यक्त गरे ।

    पुनले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्लाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन् । उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन् ।

    रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन् । रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस दुर्घटना त्रिवेणी गाउँपालिका–७ रिचीमा मंगलबार दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ बर्सिया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो । दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन् ।

    प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology