Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इमरान खानले भने : जेलमा झिंगा र लामखुट्टेले सतायो, छिटो निकाल

इमरान खानले भने : जेलमा झिंगा र लामखुट्टेले सतायो, छिटो निकाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०८० बुधवार • १९:४८:४१ बजे
  • 832
    SHARES
  • इमरान खानले भने : जेलमा झिंगा र लामखुट्टेले सतायो, छिटो निकाल

    थुनामा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले आफूले जेलमा बस्न नचाहेको भन्दै छिटो भन्दा छिटो जेलबाट निकाल्न आफ्ना वकिलहरूलाई आग्रह गरेका छन् । जेलमा आफूलाई दिउँसो झिंगा र रातिको समयमा लामखुट्टेले सताउने गरेको उनले बताएका वकिलहरूलाई उदृत गर्दै पाकिस्तानको जिओ न्यूजले जनाएको छ ।

    images

    पाकिस्तानको एक अदालतले खानलाई तोशखाना मामिलामा ३ सालको जेल सजाय सुनाएको छ । इस्लामावादको अदालतले जेल सजाय सुनाए लगत्तै गत शनिबार ७० वर्षका इमरान खानलाई प्रहरीले घरबाटै पक्रेको थियो । उनले आफूले पाएको सजायविरुद्ध इस्लामावाद उच्च अदालतमा अपिल गरेका छन् ।

    सोमबार इमरान खानका वकिल नईम हैदर पन्जोठाले जेल प्रशासनबाट इमरानसँग भेटघाटको अनुमति पाएका थिए । पन्जोठाले पूर्वप्रधानमन्त्री इमरानलाई जेलमा खराब स्थितिमा राखेको र सी क्लासको सुविधा दिएको आरोप लगाएका छन् ।

    ‘यी सबका बावजुद इमरान खानको हौसला बुलन्द छ,’ पन्जोठाले भने, ‘गुलाम हुनुभन्दा त पूरै जिन्दगी जेलमा बिताउन मञ्जुर रहेको उहाँले बताउनुभएको छ ।’ इमरान खानमाथि सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहँदा पाएका उपहार शक्तिको दुरुपयोग गर बेचेको आरोप छ ।

    ती उपहार उनलाई विदेश भ्रमणका क्रममा मिलेका थिए, जसको मूल्य १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको छ । पाकिस्तानका शीर्षा नेताले पाएका उपहार सरकारी खजान तोशखानामा जम्मा गर्नु पर्ने कानुनी व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # छिटो निकाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology