Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाइडेनलाई धम्की दिने वृद्ध मारिए

बाइडेनलाई धम्की दिने वृद्ध मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०८० बिहिवार • १०:३३:३१ बजे
  • 1.1K
    SHARES
  • बाइडेनलाई धम्की दिने वृद्ध मारिए

    अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिने एक वृद्धलाई बुधवार एफबीआईका एजेन्टले गोली हानी हत्या गरेका छन् । बाइडेनले पश्चिमी राज्यको यात्रा गर्नु केही घण्टा अघि उनको हत्या गरिएको हो ।

    images

    साल्ट लेक सिटीको दक्षिणको प्रावो सहरमा संदिग्धको निवासमा गिरफ्तारी र अनुसन्धानको वारेन्ट दिने कोसिसको क्रममा उनी मारिएको सङ्घीय अनुसन्धान ब्युरोले पुष्टि गरेको छ ।

    ब्युरोले अनुसन्धान जारी रहेको भन्दै मारिएका व्यक्तिको परिचय दिन अस्वीकार गरेको छ तर युटामा सङ्घीय अभियोजकद्वारा दर्ता गरिएको उजुरीमा उनको नाम क्रेग रोबर्टसन बताइएको थियो । उजुरीका अनुसार करिब ७० वर्षका रोबर्टसनले आफूलाई ‘एमएजीए ट्रम्पर’ बताउने गर्थे ।

    उनले सोसल मिडिया पोस्टमार्फत बाइडेनलाई बारम्बार धम्की दिन्थे । रोबर्टसनले यस हप्ता एक पोस्टमा भनेका थिए, ‘बाइडेन युटा आइरहेका छन् भन्ने सुनेँ ।

    एम२४ स्नाइपर राइफलबाट धुलो झारिरहेको छु । वेलकम (एसआइसी), बफुन–इन–चिफ ।’ उजुरीमा बताइए अनुसार बाइडेनबाहेक रोबर्टसनले उपराष्ट्रपति कमला ह्यारिस र अमेरिकी अटोर्नी जनरल मेरिक गारल्याण्डविरुद्ध पनि धम्की दिएका थिए । एउटा पोस्टमा उनले लेखेका थिए, ‘राष्ट्रपतिको वा यी दुई व्यक्तिको हत्याका लागि यो सही समय हो । सुरुमा जो, त्यसपछि कमला !

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology