Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली

प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०८० बिहिवार • १९:३०:०७ बजे
  • 514
    SHARES
  • प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली

    मेडिकल व्यवसायी समेत रहेका प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ ।

    images

    सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ। सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो ।

    सीआईबीको अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसँगै कीर्ते प्रकरण पुष्टि भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले सांसद शर्मालाई कीर्ते अभियोगमा पक्राउ गरिएको पुष्टि गरे । सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो ।

    उनीसहित तीन जनालाई पक्राउ गरेको सीआईबीले सबै कीर्ते अभियोगमै मुछिएका व्यक्तिहरु भएको जनाएको छ । त्यसमध्ये पक्राउ परेका अर्का व्यक्ति हुन् पिपरा–८ महोत्तरी घर भएका डा रञ्जित कुमार यादव । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्क्लदी र भारतीय भएको खुलेको प्रहरीको भनाइ छ ।

    पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखिएको छ । सीआईबीको कार्यालय महाराजगन्जमा भएपनि सीआईबीले भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ । यसैबीच सीआईबीले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ ।

    सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद् सचिवालय सिंहदरबार पुगेका हुन् । सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology