Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

७ महिनामा २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

७ महिनामा २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८० शुक्रवार • २०:०१:४० बजे
  • 592
    SHARES
  • ७ महिनामा २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

    यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् ।

    images

    जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन् ।

    ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन् । ११ लाख ४४ हजार ४७३ जना यात्रु नेपाल आएका छन् । यो अवधिमा कुल १७ हजार ६२५ वटा उडान/अवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ८ हजार ८१३ वटा उडान भएका छन् ।

    ८ हजार ८१२ वटा अवतरण यो अवधिमा भएको कार्यालयले जनाएको छ ।

    यो अवधिमा १३ हजार ५३ टन कार्गो हवाईमार्गबाट ओसार–पसार भएको छ । ६ हजार ४१२ टन सामान नेपालबाट विदेश गएको छ । ६ हजार ६४१ टन कार्गो नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्‍क छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology