Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हरेक महिना प्रगति विवरण बुझाउन मन्त्रीहरुलाई भनेको छु : प्रधानमन्त्री प्रचण्ड

हरेक महिना प्रगति विवरण बुझाउन मन्त्रीहरुलाई भनेको छु : प्रधानमन्त्री प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०८० शनिवार • १४:२६:३७ बजे
  • 694
    SHARES
  • हरेक महिना प्रगति विवरण बुझाउन मन्त्रीहरुलाई भनेको छु : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् । चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताए ।

    images

    अहिलेको सरकार सुशासन, न्याय र समृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा समृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्न सरकार लागेको बताए ।

    उनले बुढीगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत् निकाल्ने गरी काम भैरहेको बताए ।

    विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । शुक्रबार दिउँसो चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर १४ स्थित आफैं घरमा बसेका छन् । उनी शनिबार चितवन नै रहने पारिवारिक स्रोतले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology