Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा गायक खेम सेन्चुरी र गायिका एलिना चौहानको सांगीतिक प्रस्तुतीमा झुमे दर्शक

कुवेतमा गायक खेम सेन्चुरी र गायिका एलिना चौहानको सांगीतिक प्रस्तुतीमा झुमे दर्शक

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण २७, २०८० शनिवार • १८:३१:२९ बजे
  • 2.1K
    SHARES
  • कुवेतमा गायक खेम सेन्चुरी र गायिका एलिना चौहानको सांगीतिक प्रस्तुतीमा झुमे दर्शक

    कुवेत - लुम्बिनी समाज नेपाल कुवेतको 'लुम्बिनी मेगा म्युजिक शो २०२३' मा बहुचर्चित गायक खेम सेन्चुरी र चर्चित गायिका एलिना चौहानको सांगीतिक प्रस्तुती मार्फत  कुवेतमा कार्यरत नेपाली दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् ।

    images

    IMG_9268.jpeg

    लुम्बिनी समाज नेपाल कुवेतको ११ औं वार्षिकोत्सवको अवसरमा ११ अगष्ट २०२३ शुक्रवारको दिन कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलमा आयोजित 'लुम्बिनी मेगा म्युजिक शो २०२३' मा बहुचर्चित गायक खेम सेन्चुरी र चर्चित गायिका एलिना चौहानको सांगीतिक प्रस्तुती मार्फत कुवेतमा कार्यरत नेपाली दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन । लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष नेत्र पेमी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका श्रम सहचारी हेम कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी एनआरएनए कुबेतका अध्यक्ष रणध्वज लामा, अल मुजैनी  एक्सचेन्ज कुवेतका  प्रतिनिधी, जजिरा एयरलाइन्सको प्रतिनिधी, ऐमबासटर सुपरमार्केटका प्रतिनिधि तथा कुबेतमा रहेका  विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र कुवेतबाट सञ्चालित विभिन्न मिडियामा आबद्ध पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो ।

    IMG_9266.jpeg

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थी , लुम्बिनी समाज नेपाल कुवेतका सुजन केसी र शंकर पौडेलले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम सुरु गर्ने समय बिहानको ११ बजे भनियता पनि दिनको  २ पछि मात्रै कार्यक्रम शुरुवात भएको थियो । कुवेतमा हुने हरेक कार्यक्रममा तोकिएको समय भन्दा ढिला गरी सुरु हुने गर्दछ । कार्यक्रममा राष्ट्रिय गानपछि सभापति, प्रमुख अतिथि, बिशेष अतिथि लगायतले पानसमा दीप प्रज्वलन  र केक काटी  कार्यक्रमको उद्घाटन गरिएको थियो ।  सल्लाहकार राजु कार्कीले  स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई भब्य रुपमा सफल पार्नको लागि  कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्था ब्यक्ती बिशेषले सहयोग गरेका थिए । भने कुवेतदेखी नेपालसम्म पैसा पठाउन विश्वासिलो र भरपर्दो अल मुजैनी एक्सचेन्ज कुवेतको मुख्य प्रायोजन थियो ।  कार्यक्रममा नेपालबाट आमन्त्रीत अतिथि कलाकार, प्रमुख अतिथिलाई बाहिर गेटबाट भित्र स्टेजसम्म आयोजक परिवार र राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको टिमले तामझामका साथ स्वागत गरेका थिए ।

    IMG_9265.jpeg

    कुबेतमा कार्यरत स्थानीय कलाकार र नेपालबाट आएका अतिथि कलाकारको धमाकेदार सांगीतिक प्रस्तुतीले कार्यक्रम हलमा उपस्थित दर्शकले भरपूर मनोरन्जन लिएका थिए ।  कार्यक्रम हलमा दर्शकको भरिभराउ थियो । कार्यक्रममा विशेष सहयोगीदाता र कलाकारलाई खादा, दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो ।

    IMG_9269.jpeg

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology