कुवेत - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले ११०औं वीपी जयन्ती तथा १२औं वार्षिकोत्सव आउँदो १ सेप्टेम्बर २०२३ का दिन मनाउने भएको छ ।
कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक विशेष कार्यक्रमको आयोजना गरी ११०औं वीपी जयन्ती तथा १२ औं वार्षिकोत्सव मनाउने कार्यतालिका रहेको समितिका सभापति राजेन्द्र बिरही रसाईलीले मयूरपाटीलाई जानकारी दिनुभएको छ ।
कुवेतको नेपाली समाजमा सन् २०११ मा भएको जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट पेशा तथा व्यवसायको सिलसिलामा कुवेतमा रहेका नेपालीहरूलाई नेपाली कांग्रेसको मूल नारा "राष्ट्रियता, लोकतन्त्र र समाजवाद"मा आवद्द गराई नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गरि नेपालीहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
उक्त कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूतको प्रमुख आतिथ्यता र कुवेतस्थित क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि विशेष उपस्थिति रहने बताइएको छ । साथै, सोही दिन अन्य संघ-संस्थाहरुले कार्यक्रम नजुधाइदिनुहुन पनि आग्रह गरेको छ । कार्यक्रमको अन्तिम तयारी भैईरहेको समितिले बताएको छ।
थप जानकारीका लागि:-
मिति : २०२३ सेप्टेम्बर १ तारिख शुक्रबार,
समय : १२ बजे
स्थान : मेमोरी हल मङ्गाफ,
आयोजक : नेपाली जनसम्पर्क समिति, कुवेत।