Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सांसदलाई समातेर प्रतिशोधको राजनीति नगर्न प्रचण्डलाई ओलीको चेतावनी

सांसदलाई समातेर प्रतिशोधको राजनीति नगर्न प्रचण्डलाई ओलीको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०८० शनिवार • २०:२७:०२ बजे
  • 640
    SHARES
  • सांसदलाई समातेर प्रतिशोधको राजनीति नगर्न प्रचण्डलाई ओलीको चेतावनी

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् । संसद्को सबैभन्दा ठुलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसद्को सबैभन्दा ठुलो दल काँग्रेस रहेकोमा आफू छक्क परेको बताए ।

    images

    ओलीले भने, ‘देशको सबभन्दा ठुलो पार्टी नेपाली काँग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरूले जान्ने कुरा हो । म केही पनि भन्दिन । मेरो कुनै कमेन्ट छैन ।

    २०१५ सालको संसदमा एक पल्ट केदारमान व्यथितजीले होला । पुच्छरले कुकुर हल्लाउने कि कुकुरले पुच्छर हल्लाउने भनेर प्रश्न गर्नुभएको थियो । नेपाली काँग्रेसका साथीहरूलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली काँग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरूको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन । तपाईँहरूलाई यसै गरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँड्ने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईँहरूलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।’

    अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिए । प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उनले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताए । उनले भने, ‘मैले अस्ति प्रधानमन्त्रीजीलाई भने–अहिले यो पाकिस्तानी राजनीति, प्रतिसोधको राजनीति उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ सुरु भयो । उहाँहरूले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन ।

    जाति सर्टिफिकेट हो भने त पोहोर, परार पनि थियो होला नि । हिजोदेखि थियो होला नि जाली सर्टिफिकेट । किन मुद्दा नचलाएको, कारबाही नगरेको ? अस्ति पार्लियामेन्टमा सुनकाण्डबारे बिरोध गरेपछि अचानक हत्कडी लगाउने आयो मान्छे । किन भन्दा खेरी उहिले तिमी विद्यार्थी हुँदा खेरी पढ्दा छेउको साथीको चिट चोरेका थियौ नि तिमीले । तिमीले आफूले लेखेकै होइन । अर्को चिट चोरेर पास गरेको । त्यसको छानबिन गर्दैछौं । वा, हत्कडी चाहिँ लागि सक्यो । कसलाई ? एउटा जननिर्वाचित सांसदलाई । जसको नामको अगाडि माननीय राखिएको छ ।

    त्यसलाई समाउँछ भने अरू यसै थर्किनुपरेन । तर म भन्न चाहन्छ, सरकारलाई सम्झाउन चाहन्छु–तपाईँहरुको बुद्धि ठेगानमा रहोस् । नेपाली जनता यस्ता कुराबाट तर्सिनेवाला चाहिँ छैन ।’ ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काममा सरकार गम्भीर नभएको जिकिर समेत गर्नुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology