Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनिल शर्माको चेतावनी : बोल्न नदिए बिद्रोह गर्छु

सुनिल शर्माको चेतावनी : बोल्न नदिए बिद्रोह गर्छु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०८० आइतवार • १८:११:१४ बजे
  • 580
    SHARES
  • सुनिल शर्माको चेतावनी : बोल्न नदिए बिद्रोह गर्छु

    नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि नपाएको गुनासो गरेका छन् ।

    images

    अब पनि बोल्न समय नदिए विद्रोह गर्ने उनको चेतावनी छ । आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले पछिल्लो समय संसद बोल्न माग्दा समय नपाएको बताए ।

    पटकपटक माग्दा पनि प्रमुख सचेतकले समय नदिएपछि आफूले मिडियासँग बोलेको उनले सुनाए । मोरङ ३ बाट निर्वाचित सांसद शर्माले बोल्न समय दिए पार्टीले भनेको निर्देशनभन्दा बाहिर नजाने बताए ।

    उनले अघि भने, ‘तर पञ्चायत जस्तो बोल्न दिनु भएन भने म बिद्रोह गर्छु । सभामुखसँग समय माग्छु, दिनु भएन भने उभिन्छु ।’ पछिल्लो पटक आफूले अब पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बोलेको समेत उनले सुनाए ।

    शर्माले अघि भने, ‘मेरो पार्टी सभापतिलाई प्रधानमन्त्री बनाउँछु भन्दा गल्ती भयो भने फिर्ता लिन तयार छु ।’

  • सम्बन्धित विषय:

  • # सुनिल शर्माको चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology