Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ:माधव नेपाल

बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ:माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०८० सोमवार • ११:४४:४१ बजे
  • 784
    SHARES
  • बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ:माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् । युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताए ।

    images

    ‘बालुवाटारको निवासभित्र कोही जाने हो भने त्यसले हेर्न सक्दछ र भन्न सक्दछ कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्ने छ,’ उनले भने, ‘बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहने छ ।’

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास भएको प्रकरणमा नेपालको पनि नाम मुछिएपछि उनी विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् । उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनसायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिइकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताए । उनले आफूले कुनै गलत काम नगरेकाले नआत्तिएको बताए ।

    ‘कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन,’ उनले भने । तर आफू विदेश जाँदा भागेको भनेर हल्ला फैलाइएको भन्दै त्यसप्रति चित्त दुखेको बताए ।

    ‘कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा खाने बेलामा त नभाग्ने मान्छे बद्मासी र कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म । तपाईहरु सबैलाई थाहा होला,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology