Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ८ डिसेम्बरमा हुने

चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ८ डिसेम्बरमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण २९, २०८० सोमवार • १२:५३:०१ बजे
  • 1.4K
    SHARES
  • चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ८ डिसेम्बरमा हुने

    कुवेत- चितवन सेवा समाज कुवेतको चौथो चितवन सांगीतिक धमाका ०८ डिसेम्बर २०२३ मा हुने भएको छ । 

    images

    चितवन सेवा समाज कुवेतले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालदेखि चर्चित अतिथि कलाकार लिएर चौथो चितवन सांगीतिक धमाका गर्न लागिएको अध्यक्ष जीवन कुमार बिकले जानकारी दिएका छन । नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा केही समय पश्चात् टुङ्गो लाग्ने अध्यक्ष बिकले बताए । 

    कुवेत नगरीमा सन् २०१६ मा 'अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन' भन्ने मुल नारा साथ  स्थापना भएको सस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । सस्थाले पहिलो, दोश्रो र तेश्रो चितवन सांगीतिक धमाका चर्चित कलाकारको साथमा भव्यताका सम्पन्न गरिसकेको छ । चौथो चितवन सांगीतिक धमाकामा कुवेतमा कार्यरत स्थानीय कलाकारको पनि बेजोड प्रस्तुती रहनेछ ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सांगीतिक धमाकामा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति समेत चितवन सेवा समाज कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेको छ ।

    कार्यक्रम हुने मिति , स्थान र समय निम्न रहेको छ ।

    
मिति- ०८ डिसेम्बर २०२३, शुक्रवार ।


    स्थान - तय नभएको ।


    समय- तय नभएको ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology