Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी विशेष अभियान : यस्तो छ तीन चरणको अभियान

माओवादी विशेष अभियान : यस्तो छ तीन चरणको अभियान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०८० सोमवार • १७:०६:१० बजे
  • 580
    SHARES
  • माओवादी विशेष अभियान : यस्तो छ तीन चरणको अभियान

    सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । भर्खर सकिएको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार पहिलो चारणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको छ ।

    images

    दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया र टोलटोलमा भेला, प्रशिक्षण गर्ने रहेको छ । तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनपरिचालन गर्ने तथा सुशासन र समृद्धिको पक्षमा सरकारले गरेको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम तय गरेको छ ।

    बैठकले आगामी भदौ १६ गते भव्य समारोहका बीच ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने निर्णय गरेको छ । अभियानको कार्यविधि, योजना, लक्ष्य निर्धारण गरी माओवादीले मातहतका कमिटीलाई सर्कुलर जारी गरेको छ ।

    पहिलो चरण: बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग संबन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण, दोस्रो चरण: पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया, तेस्रो चरण: जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम ।

  • सम्बन्धित विषय:

  • # तीन चरणको अभियान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology