Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पूर्ण इजलाश गठन

बामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएको विरुद्ध परेको रिटमा सुनुवाई गर्न पूर्ण इजलाश गठन

बामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएको विरुद्ध परेको रिटमा सुनुवाई गर्न पूर्ण इजलाश गठन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १४, २०७७ बुधवार • १२:५१:४३ बजे
  • 1.9K
    SHARES
  • बामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएको विरुद्ध परेको रिटमा सुनुवाई गर्न पूर्ण इजलाश गठन
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएको विरुद्धमा परेको रिटमा सुनुवाई गर्न पूर्ण इजलाश गठन भएको छ। प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई सांसद र मन्त्री बनाउन नहुने भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।  

    पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

    गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्। गौतमलाई मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनलाई मन्त्री र सांसद बनाउन नहुने भन्दै रिट दायर गरेका थिए। यस अघि सर्वोच्च गौतमलाई संवैधानिक पदमा नराख्न अन्तरिम आदेश दिएको थियो।

  • सम्बन्धित विषय:

  • # बामदेव गौतम
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology